ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली–५ मा चुनाव लड्न एमालेबाट तीन जनाको नाम सिफारिस

आइतबार २०, पुष २०८२ १०:३५

र्कैलाली । प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले कैलाली–५ बाट तीन जनाको नाम सिफारिस गरेको छ । 

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतिको नाम सिफारिस गरेको हो । 

राना २०७४ सालमा आरजु राणालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ सालमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसंग पराजित भएका थिए । 

ढुङ्गाना एमाले कैलालीका जिल्ला अध्यक्ष हुन् भने सिजापती प्रदेश कमिटी सदस्य हुन् ।

प्रतिक्रिया