ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गौरीफन्टा नाकाबाट ५२ तोला सुन र पौने किलो चाँदीसहित चार नेपाली पक्राउ

मङ्गलबार २५, कार्तिक २०८२ ०२:३३

धनगढी । कैलालीसंग जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार नेपाली पक्राउ परेका छन् । ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदीसहिच चार नेपालीलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिहं, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेको भारत प्रहरीले जनाएको छ । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । 

भारतको क्राइम ब्रान्च महाराष्ट–बाट खटिएको प्रहरीको टोली बिओपी गौरीफन्टा चेक पोष्टबाट खटिएको टोलीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप छ । चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले जिल्ला खिरी पठाएको छ ।

प्रतिक्रिया