काठमाडाैं । गत २८ माघमा पत्रकार भेटघाटमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचारप्रसारमा ल्याउने प्रयास भइरहेको दाबी गरेका थिए । पार्टीका उम्मेदवारलाई जिताउन सबैको दायित्व रहेकाले माहौल बनाउन सबे लाग्नुपर्ने उनले बताएका थिए ।
‘उहाँहरूसँग कुराकानी गर्ने कुरामा सबैजना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘अरु केही नभएपछि तत्काललाई स्टेटमेन्ट (वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’
पहिले जेन–जी आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्यजस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठूलो ‘वेभ’ सिर्जना हुने सम्भावना रहेको पनि प्रवक्ता चालिसेले बताएका थिए ।
तर, अहिले पनि देउवा वक्तव्य निकाल्ने विषयमा छलफलमै छन् । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार यस विषयमा कुरा भएको छैन ।
त्यस्तै, कांग्रेसका प्रचार विभागका सदस्य सरोज अधिकारीका अनुसार वक्तव्य निकाल्ने विषयमा देउवा छलफलकै क्रममा छन् ।
प्रतिक्रिया