धनगढी । कैलाली- ५ का रास्वपा उम्मेदवार आनन्दबहादुर चन्दले `वाचापत्र´ सार्वजनिक गरेका छन् । धनगढीमा आयोजित कार्यक्रममा उनले वाचापत्र सार्वजनिक गरेका हुन् ।
चन्दले सेती प्रादेशिक अस्पताल र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत स्वास्थ्य-शिक्षा इकोसिस्टमका रुपमा विकास गर्ने, आधुनिक तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने, फाप्ला मैदान निर्माण गर्ने, धनगढीमा पर्यटन प्रवर्द्धन गर्ने बताएका छन् ।
यस्तै, धनगढी विमानस्थल स्तरोन्नति गर्ने र धनगढीलाई प्रदेशको औद्योगिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने योजना पनि वाचापत्रमा छ । त्रिनगर नाकाको स्तरोन्नति गर्ने र लागुऔषध नियन्त्रणका योजना कार्यान्वयन गर्ने पनि चन्दको दाबी छ ।
प्रतिक्रिया