धनगढी । कैलालीको धनगढीबाट छुटेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । कपिलबस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको छ ।
घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
घटनास्थलमा प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कारबाही गरिरहेको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया