धनगढी । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सहिद जोशीका परिवारलाई क्षतिपूर्ति रकम भुक्तानी गरेको हो । गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षतिपूर्ति रकम भुक्तानी गरिएको पत्र सहिद परिवारलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया