धनगढी । कैलाली घर भई उच्च शिक्षाका लागि काठमाडौंको बालकुमारीमा बस्दै आएका छन्, युवराज उपाध्याय । जेनजी पुस्ताको आन्दोलन हुनेबारे अघिल्लो दिन जानकारी पाएका उपाध्यायले २३ गते सडकमै उत्रिने निर्णय लिए ।
२३ भदौमा बानेश्वर जेनजी प्रदर्शनकारीको भिडभाडभित्र युवराज मिसिए । देश बदल्ने आन्दोलनमा पछाडि बस्नु हुन्न भनेरै प्रदर्शनकारीको अग्रपंक्तिमै थिए उपाध्याय । कयौं पटक प्रहरीले दमन गर्दा प्रहरीलाई प्रश्न पनि गरिरहेका थिए उनी । त्यसकै बीचमा प्रहरीले फायर खोल्यो । उनीसँगैको एक जेनजी त्यहीँ ढल्यो । तर, युवराज अझै नारा लगाइरहेका थिए । पहिलो गोलीले उनको बायाँ हात छेड्यो । फेरि अर्को गोली आयो, यसपटक उनको पेटमै लाग्यो ।
साथीहरूले उनलाई एभरेस्ट अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि ट्रमा सेन्टर, अनि अन्ततः वीर अस्पताल पु¥याइयो । उनी अझै अस्पतालकै शय्यामा छन् ।
उनलाई यतिखेर सबैभन्दा दुःख लागेको कुराचाहिँ एउटै मात्र छ । आन्दोलनपछि नेताहरू, अगुवाहरूदेखि नयाँ प्रधानमन्त्रीसम्म घाइते भेट्न पुगे, तर आफूलाई भेट्न कोही नआएकोमा उनी खिन्न छन् । उनी गर्वका साथ भन्छन्, ‘दुईवटा तातो गोली खाएको म पनि त आन्दोलनको जिउँदो शहीद हुँ ।’
प्रतिक्रिया