धनगढी । कैलालीमा निषेधाज्ञा हटाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जनजीवन सामान्यतर्फ उन्मुख भएसंगै निषेधाज्ञा हटाएका हुन् ।
जेनजी आन्दोलनले जिल्लाकोअवस्था अशान्त भएपछि यसअघि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो । कर्फ्यु २८ गते नै हटाइएकोमा खुकुलो बनाएर निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्लामा जनजीवन सामान्य बनेपछि बजार खुलिसकेको छ भने सार्वजनिक सवारी पनि चल्न थालेका छन् । बन्द रहेका विद्यालय पनि खुलिसकेका छन् । केही कार्यालयले सेवा पनि सुचारु गरिसकेका छन् ।
प्रतिक्रिया