धनगढी । जेनजीको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका सरकारी र सार्वजनिक ठाउँमा सरसफाइ गरिरहेका युवाहरुलाई निशुल्क खानाको व्यवस्था गरिएको छ । पोल्टी व्यवसायी पारस बाहुन, सुनिल चौधरी, अच्युत खरेल र प्रकाश रावलले सरसफाइ गरिरहेका जेनजी युवाहरुलाई खानाको व्यवस्था गरेका हुन् ।
पारस पोल्टी सप्लायर्सका सञ्चालक पारस बाहुनले सरसफाइमा जुटेका युवालाई आफूहरुले खानाको व्यवस्था गरेको बताए । इतिहास बदल्ने हिम्मत राख्ने जेनजीलाई आफूहरुले हरेक खालको सहयोग गर्न तयार रहेको उनले बताए । आन्दोलनका क्रममा धनगढीका सबैजसो सरकारी कार्यालयमा आगजनी गरिएको थियो । सार्वजनिक स्थलहरुमा तोडफोड र आगजनी गरिएको थियो ।
प्रतिक्रिया