धनगढी । जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन् ।
जिल्ला कारागार कैलालीले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन् ।
कारागार प्रशासनका अनुसार छ सय ६७ कैदीबन्दी फरार भएका थिए । अहिलेसम्म ७१ जना कैदीबन्दी कारागार फर्किसकेका छन् । झण्डै छ सय कैदीबन्दी अझै फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया