ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कर्फ्यू र निषेधाज्ञाको आदेश परिमार्जन, यस्तो छ

बिहिबार २६, भदौ २०८२ ०४:२०

धनगढी । कैलाली जिल्लाभर जारी गरिएको कर्फ्यू आदेश परिमार्जन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज दिउँसो ३ बजेदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू र निषेधाज्ञाको आदेश जारी गरिएको हो । स्थानीय प्रशासन ऐनअनुसार प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र  बेलुकी ७ बजेदेखि अर्को बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

अत्यावश्यक सेवाका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने आदेशमा उल्लेख छ । 


प्रतिक्रिया