ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज अट्वारी पर्व मनाइँदै, सुदूरपश्चिममा बिदा

आइतबार ०८, भदौ २०८२ ०८:३२

धनगढी । पश्चिम तराईका जिल्लामा बसोबास गर्दै आएको थारू समुदायमा आज अट्वारी पर्व मनाइँदै छ । कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।

पर्व दुई दिनसम्म मनाइन्छ । मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार ब्रत बस्ने चलन छ । ब्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन रहेको छ ।

पर्वको दोस्रो दिन व्रतालुहरूले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका मिठा मिठा परिकार खाने गर्दछन् ।

अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिइएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले आज बिदा दिइएको बताए ।

प्रतिक्रिया