धनगढी । कैलालीको धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिएको छ । विधेयकको केही प्रावधानले निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै आज धनगढीमा विरोध र्याली निकालिएको हो ।
विरोध र्यालीमा प्याव्सन, नेशनल प्याव्सन तथा हिसानको संयुक्त सहभागिता थियो । विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतार्दै नगर परिक्रमा गरिएको छ ।
निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयलाई क्रमस गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने तथा हाल अभ्यासमा रहेको छात्रवृत्तिको प्रावधान नै विधेयकमा कायम गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया