अछाम । एक बालक सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । मृत फेला पर्नेमा मङ्गलसेन नगरपालिकाका १० वर्षीय आर्यन सोडारी रहेका छन् ।
सोमबार बिहान बाख्रा चराउन जाने विषयमा माइलो भाइसँग विवाद भएको र उनी नै बाख्रा चराउन गएपछि आर्यन सम्पर्कविहीन भएका थिए ।
बेलुकीसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बुधबार गाउँ नजिककैको जङ्गलमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया