ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा रवि लामिछानेले भने– घण्टी बजाउँदा रालो निस्किनु क्लीन स्वीपको संकत हो

बुधबार ०६, फागुन २०८२ ११:३८

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनको निर्वाचनमा आफ्नो दलले क्लीन स्वीप गर्ने बताएका छन् । बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना विश्वास पात्र दीपक बोहरालाई भोट माग्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यहाँ मैले हेरे, यहीबाट रालो खसेको देखेको थिए मैले,’ लामिछानेले भने, ‘त्यो भनेको क्लीन स्वीप भनेको हो । त्यो क्लीन स्वीपको संकेत हो ।’

माघ दोस्रो साता रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा दीपक बोहराकै निर्वाचन क्षेत्र पुगेका थिए । त्यहाँ आयोजित कार्यक्रममा घण्टी बजाउँदा रालोसहित डोरी चुँडिएको थियो । 

यस्तै, लामिछानेले २१ गतेको दिन विशेष भएको पनि बताएका छन् । आफ्ना २१ जना सांसदलाई यसअघि संसदबाट जवरजस्त रुपमा निकालिएको भन्दै लामिछानेले त्यसको परिणाम २१ गते जनताले दिने बताए । 

प्रतिक्रिया