धनगढी । कैलालीको धनगढीबाट २५ लाखको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले साेमबार भन्सार छलेर ल्याइएको २५ लाख बढीको कपडा बरामद गरेको हो ।
कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित खेदाघाटमा गोठ जस्तो छाप्रोमा लुकाइरहेको अवस्थामा लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितको कमाण्डमा खटिगएको ३१ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको सामान बरामद गरेको जनाइएको छ । बरामद कपडा कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ ।
प्रतिक्रिया