ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार बन्दीगृह पुनः राज्यको नियन्त्रणमा, सकुशल भेटिए कैदीबन्दी

आइतबार २५, साउन २०८२ ०६:३२

धनगढी । २३ गतेको हिसांत्मक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा आइतबार हतियारधारी सुरक्षाकर्मीको टोली प्रवेश गर्दै कैदीबन्दी गणनाको कार्य सकिएको छ ।

झण्डै ४२ घण्टा कैदीबन्दीले नियन्त्रणमा रहेको कारागारको कैदीबन्दी गृहमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोली हतियारसहित प्रवेश गरेर गणना गरिएको हो । टोलीमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमको टोली पनि थियो । 

आयोगका सुदूरपश्चिम निर्देशक प्रकाश भट्टका अनुसार कैदीबन्दी सकुशल भेटिएका छन् । शुक्रबार रातिसम्म कारागारमा सात सय जना कैदीबन्दी थिए । तीमध्ये तीन सय ९६ जना ए ब्लकमा, एक सय ९८ जना बी ब्लकमा, ७५ जना महिलाको ब्लकमा भेटिएका छन् । शुक्रबार घाइते भएका ४७ जना र बिहीबार घाइते भएका एक गरी ४८ जनाको उपचार भइरहेको छ । शुक्रबारको झडपमा परी एक कैदीबन्दीको मृत्यु भएको थियो ।

यस्तै, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कारागारको अवस्थाबारे छलफल गर्न बैठक बोलाएका छन् । ‘कारागार कार्यालय कैलालीमा भएको पछिल्लो उत्पन्न विवादका विषयमा छलफल गर्न तीनै सुरक्षा निकायका प्रमुख र राष्ट्रिय मानव अधिकार आयोगसँगको बैठक अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अहिले सुरु हुँदै छ,’ मुख्यमन्त्री शाहको सचिवालयले भनेको छ । 

प्रतिक्रिया