ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार घटना : छानबिन समिति गठन

शनिबार २४, साउन २०८२ ११:३५

धनगढी । कैलाली कारागारमा रहेका कैदीबन्दीबीच भएको झडप घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । घटनाको बिस्तृत अनुसन्धान गर्न जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको हो । 

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो । 

समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । 

यसअघि पनि बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीसिंह पालीको मृत्यु भएपछि जोशीकै संयोजकत्वमा समिति गठन गरिएको थियो । 

समितिले छानबिनपछि प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइसकेको छ । उक्त छानबिन प्रतिवेदनमा मृतक पालीको शरीरमा चोटपटक देखिएको उल्लेख छ । 

प्रतिक्रिया