ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार तनावग्रस्त, सुरक्षा समितिको बैठक जारी

शनिबार २४, साउन २०८२ १०:५४

धनगढी । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपपछि कारागारको अवस्था तनावग्रस्त छ । घाइतेहरुको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायत सुरक्षा निकायका प्रमुखहरुको जिल्ला प्रशासन कार्यालयमा बैठक जारी छ । चार वटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको हो । सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् । 

शुक्रबार रातिको झडपमा धनगढीका ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि बिहीबार पनि कैदीबन्दीहरुबीच आपसमा झडप भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भए पनि एकजना भने अहिले पनि उपचारकै अवस्थामा रहेको कारागारका खरिदार रामप्रसाद चौधरीले बताए ।  कारागार प्रमुख बसन्त खत्री बिदामा छन् । 

एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया