ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको मेडिकल विश्वविद्यालय बन्यो ‘टिकटक स्पट’, भीडभाड नगर्न आग्रह

बिहिबार १५, साउन २०८२ १२:२८

धनगढी । कैलालीको गेटामा सहिद दशरथ भन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसर टिकटक र सेल्फीस्पट बनेको छ । विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बनाइएका अधिकांश संरचना प्रयोगविहीन रहेको अवस्थामा परिसर क्षेत्र भने  टिकटक र सेल्फीस्पट बनेको हो । 

टिकटक बनाउन र फोटो खिच्नका लागि स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा दैनिक सयौं व्यक्ति पुग्ने गरेका छन् । टिकटक बनाउने र फोटो खिच्नको लागि भीडभाड हुन थालेपछि गेटा अस्पतालले अनावश्यक भीड नगर्न आग्रह गरेको छ । 

अस्पतालक निमित्त निर्देशक डा. होमप्रसाद पन्तले सूचना जारी गर्दै अनावश्यक भीडले अस्पतालको वातावरण र सुरक्षा व्यवस्थालाई समेत बाधा परिरहेको जनाएका छन् । अस्पताल परिसरभित्र बिना अनुमति सामाजिक सञ्जाल टिकटक र फोटो खिच्ने कार्य नगर्न पन्तले आग्रह गरेका छन् । 

प्रतिक्रिया