धनगढी । कञ्चनपुरमा साइकल र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाईको मृत्यु भएको हो ।
म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ ।
प्रतिक्रिया