धनगढी । कैलालीको धनगढीमा भीषण आगलागी हुँदा आठ सटर जलेका छन् । आइतबार राति धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा विश्वप्रकाश कडेलले सञ्चालन गर्दै आएकाे हेलेन ट्रेडर्सबाट लागेकाे आगाेले भीषण रूप लिएपछि आठ सटर जलेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले हेलेन ट्रेडर्सका चार वटा सटर, कपडाको होलसेल पसल रहेको परिवर्तन इन्पेक्सका तीन सटर र रेस्टुरेन्टकाे एउटा सटर गरी जम्मा आठ वटा सटरमा आगलागीबाट क्षति भएको जानकारी दिए ।
`नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तथा धनगढी र गोदावरीको दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ,´ डीएसपी सिंहले भने, `क्षतिको विवरण संकलनको कार्य भइरहेको छ ।´
बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।
प्रतिक्रिया