ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका ५ स्थानीय तहमा भोलि बिदा

बिहिबार ०१, साउन २०८२ ०८:४९

धनगढी । कैलालीको विभिन्न स्थानीय तहले शुक्रबार स्थानीय बिदा दिएका छन् । साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा बिदा दिइएको हो ।

जिल्लाको जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन् ।

कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो । त्यसको खुशीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन् । 

प्रतिक्रिया