ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मृत भेटिए दुई महिला

बिहिबार २६, असार २०८२ ०९:१२

धनगढी । कैलालीका दुई फरक स्थानमा दुई महिलाको शव फेला परेको छ । जिल्लाको कान्द्रा र गोदावरी नदी किनारमा दुई महिलाका शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनुदेवी चौधरीको शव कान्द्रा नदी किनारमा भेटिएको छ । कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चौधरीलाई दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएको थियो । 

यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानस्थित गोदावरी नदी किनारमा पनि एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार अन्दाजी ५५ वर्षीया महिलाको शव भेटिएको हो । नग्न अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको जोशीले बताए । 
 

प्रतिक्रिया