ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका सात विद्यार्थीको एसईईमा ४ जीपीए, को-को हुन् ?

शनिबार १४, असार २०८२ ०२:१५

धनगढी । एसईई परीक्षामा कैलालीका सात जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । शिक्षा तथा समन्वय इकाइ कार्यालय कैलालीका अनुसार एकजना सरकारी र अन्य छ जना निजी विद्यालयका विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् । 

सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका–३ मा रहेको त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन् । अवस्थी यसअघि कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालयको छात्रतर्फ पनि प्रथम भएका थिए ।

विद्यालयबाट सहभागी भएका ८१.५८ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका विद्यालयका सूचना अधिकारी तिलकराज पाण्डेले जानकारी दिए । 

यस्तै, धनगढी उपमहानगरपालिका– ८ मा रहेको एरिस्टो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल शान्ती अधिकारीका अनुसार गौरव उपाध्याय र प्रदीप गिरीले ४ जीपीए ल्याएका हुन् । 

धनगढीकै जेसीज एभरेष्ट स्कुलका जस्टिन चन्द, टीकापुरको युनाइटेड एकेडेमीका निखिल लोहार र गणेश बाबा इंग्लिश बोर्डिङ स्कुलका भुवन उपाध्याय (भावना)ले पनि ४ जीपीए ल्याएका छन् । 

यस्तै, कैलालीको घोडाघोडीमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढाले पनि ४ जीपीए ल्याएकी छिन् । 

शिक्षा तथा समन्वय ईकाइ कार्यालय कैलालीका सूचना अधिकारी प्रताप धामीका अनुसार कैलालीमा नियमिततर्फ १४ हजार ३६६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

उनीहरुमध्ये छ हजार १७९ (४१ प्रतिशत) उत्तीर्ण भएका छन् । ग्रेडवृद्धितर्फ चार हजार ३८५ विद्यार्थीले परीक्षा दिएकोमा एक हजार ३४४ विद्यार्थी उत्तीर्ण भएका छन् । 

 

प्रतिक्रिया