ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा रक्तदाता उपाध्याय सम्मानित, ‘वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान’ प्रदान

सोमबार ०२, चैत २०८२ १०:३५

कैलाली । भारतमा नेपालका रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन् । उत्तर प्रदेशको सोनभद्रमा आयोजित कार्यक्रममा प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिने ‘वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६’ बाट उपाध्याय सम्मानित भएका हुन् । एक कार्यक्रमकाबीच पत्रकारसमेत रहेका रक्तदाता उपाध्यायलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वविधायक हरिराम चेरोले थिए । 

रक्तदानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उपाध्यायलाई विशिष्ट आतिथ्यतासहित उक्त सम्मान प्रदान गरिएको हो । उनले हालसम्म ११२ पटक रक्तदान गरेका छन् । 

सम्मान कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट सयौं रक्तदाताहरु उपस्थित भएका थिए । रक्तदानमार्फत समाजमा मानवीय सेवा र जीवनरक्षा अभियानलाई निरन्तरता दिएको भन्दै उपाध्यायको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत कदर गरिएको हो ।

को हुन् वीर बिरसा मुन्डा ? 
वीर बिरसा मुन्डा भारतका एक आदिवासी स्वतन्त्रता सेनानी तथा मुन्डा जनजातिका लोकनायक हुन् । उनले ब्रिटिस शासनकालमा १९औँ शताब्दीको अन्त्यतिर बंगाल प्रेसीडेन्सी (हालको झारखण्ड) क्षेत्रमा भएको आदिवासी धार्मिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेका थिए ।

उनको नेतृत्वमा भएको आन्दोलनले भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा महत्वपूर्ण स्थान बनाएको छ । भारतका आदिवासी समुदायले उनलाई भगवानसरह मान्ने गर्छन् र उनी धरतीका पिता नामले पनि परिचित छन् ।

प्रतिक्रिया