ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा नाबालिका बलात्कृत, दुई जना पक्राउ

बिहिबार २८, फागुन २०८२ १२:१४

धनगढी । कञ्चनपुरमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार भीमदत्त नगरपालिका – १० बस्ने ४७ वर्षीय नरेश गिरी र वडा नम्बर ९ बस्ने ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको हो । 

भीमदत्त नगरपालिका– १० स्थित बैजनाथ सामुदायिक वनभित्र जबरजस्ती करणी गरेको अभियोग रहेको इन्सपेक्टर थापाले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
 

प्रतिक्रिया