ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूपश्चिम : तीन सिटमा खुम्चिएको कांग्रेस १० क्षेत्रमा दोस्रो, अरु दलको अवस्था कस्तो ?

बिहिबार २८, फागुन २०८२ ११:५८

धनगढी । ०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा लडेका नौमध्ये आठ सिटमा जित निकालेको थियो । २१ फागुनमा भएको निर्वाचनमा भने कांग्रेसले लिडिङ हैसियत गुमायो । १६ वटै निर्वाचनमा उम्मेदवार हुँदा पनि कांग्रेस बाजुरा, अछाम १ र डोटीमा मात्रै जित निकाल्न सफल भयो । 

रास्वपा प्रदेशका १० सिट जितेर पहिलो हुँदा एमालेले तीन सिटमा जित निकाल्यो । १३ क्षेत्रमा पराजित भएको कांग्रेस १० निर्वाचन क्षेत्रमा भए भने दोस्रो भएको छ ।

अछाम–२, बझाङ, कैलाली–१, कैलाली–४, कैलाली–५, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर–२ र कञ्चनपुर–३ मा कांंग्रेसका उम्मेदवार दोस्रो भएका हुन् । अछाम– २ बाहेक अन्य क्षेत्रमा कांग्रेस उम्मेदवार फराकिलो अन्तरले पराजित भएका छन् । अछाम– २ मा भने एमालेका यज्ञबहादुर बोगटीले कांग्रेसका पुष्पबहादुर शाहलाई ४७२ मतले पराजित गरेका छन् । 

यस्तै बाजुरा र डोटीमा एमाले उम्मेदवार दोस्रो भएका छन् । दुबै क्षेत्रमा झिनो मतान्तरले कांग्रेस उम्मेदवार विजयी भएका छन् । बाजुरामा कांग्रेसका जनकराज गिरीले एमालेका लालबहादुर थापालाई ५४० मतले पराजित गरेका छन् । 

डोटीमा कांग्रेसका भरतबहादुर खड्काले एमालेका दीपक धामीलाई ७८७ मतले पराजित गरेका छन् । 

अछाम– १, कञ्चनपुर १ र कैलाली ३ मा नेपाली कम्युनिस्टका उम्मेदवार दोस्रो भएका छन् । अछाम– १ मा नेकपाका भीम रावल कांग्रेसका भरतकुमार स्वाँरसंग ५२६ मतले पराजित भए । कैलाली– ३ मा रास्वपाका जगतप्रसाद जोशीले नेकपाका वीरमान चौधरी र कञ्चनपुर ३ मा रास्वपाका जनकसिंह धामीले नेकपाका बिना मगरलाई फराकिलो अन्तरले पराजित गरेका छन् । 

यस्तै कैलाली २ नम्बरमा भने नागरिक उन्मुक्ति नेपाल दोस्रो भएको छ । रास्वपाका केपी खनाल विजयी हुँदा नाउपा नेपालका पतिराम चौधरी सात हजार बढी मतले पराजित भएका छन् । 

प्रतिक्रिया