धनगढी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एमालेका दीपक धामीलाई पछि पार्दै काङ्ग्रेसका भरतबहदुर खड्काले अग्रता लिएका हुन् ।
खड्काले ११ हजार ३११ मत पाउदा एमालेका धामीले १० हजार २५७ मत पाएका छन् । यस्तै रास्वपाका नरेन्द्रबहादुर खड्काले ८ हजार १९५ र नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्टले चार हजार ४०१ मत पाएका छन् । उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन् ।
प्रतिक्रिया