कैलाली १ मा कांग्रेसलाई पछि पार्दै रास्वपाका उम्मेदवारको अग्रता
धनगढी । कैलाली १ मा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । २९६० मत गणना हुँदा रास्वपाकी कोमल ज्ञवालीले ८६२ मत पाएकी छिन् ।
कांग्रेसका जनकराज चौधरीले ७१७ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६, नेकपाका रामलाल डगौरा थारुले २०७, एमालेका द्वारिकाप्रसाद न्यौपानेले १८९ र उज्यालो नेपालका प्रदिपकुमार चौधरीले १२२ पाएका छन् ।
प्रतिक्रिया