ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवा परिवारको अनुपस्थितिमा रुवाखोलामा कस्ताे छ मतदानकाे माहाेल ?

बिहिबार २१, फागुन २०८२ ०९:१५

धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटकको निर्वाचनमा उम्मेदवार बनेनन् । उम्मेदवार नभएका उनी मतदानमा पनि सहभागी भएका छैनन् । 

उपचारका लागि भन्दै सिंगापुर गएका देउवा फर्किएका छैनन् । देउवा परिवारको अनुपस्थितिमा डडेल्धुराको असिग्राम मतदान स्थलमा भने उत्साह देखिएको छैन । ‘मतदान स्थलमा मतदाताको उपस्थिति पनि निकै न्यून छ,’ गन्यापधुरा गाउँपालिका– १ का पूर्वअध्यक्ष चेतराज भट्टले भने, ‘उहाँ (देउवा) आएपछि माहोला छुट्टै हुन्थ्यो । यसपटक मतदातामा उत्साह नै देखिएको छैन ।’

पूर्वअध्यक्ष भट्टका अनुसार २०४८ सालदेखि डडेल्धुराबाट चुनाव लड्दै आएका देउवा हरेक निर्वाचनमा मतदानका लागि रुवाखोला पुग्ने गरेका थिए । देउवा पत्नी आरजु राणा देउवा र उनका परिवारका सदस्यको मतदाता नामावली पनि गन्यापधुरा– १ बाटै छ । १ नम्बर वडामै अन्य दुइ मतदान स्थल पनि छन् ।

०७९ सालमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समय कांग्रेसका तत्कालीन सभापति देउवा देशको प्रधानमन्त्री थिए । ४ मंसिरमा मतदानका लागि उनी हेलिकप्टरमार्फत पुगेका थिए, डडेल्धुराको रुवाखोला ।

देउवाले गन्यापधुरा गाउँपालिका– १ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट खसालेका थिए । देउवा रुवाखोला पुग्दा उनका आफन्त र गाउँलेको ठुलो भिड थियो । मतदानपछि देउवा केही समय गाउँलेसंग पनि गफिएका थिए । 
 

प्रतिक्रिया