ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गौरीगंगाको भवानी माविको गेटमा कसले लगायो चुनावी झण्डा ?

शनिबार १६, फागुन २०८२ ०५:१०

धनगढी । विद्यालय शान्ति क्षेत्र हो । जहाँ चुनावी मात्रै होइन, कुनै पनि राजनीतिक गतिविधि, होसल्ला र बन्द हड्ताल गर्न पाइँदैन । न त बालबालिकालाई श्रम र राजनीतिक गतिविधिमा लगाउन पाइन्छ ।

तर कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ११ ऐठास्थित भवानी राष्ट्रिय माविको गेटमै केही राजनीति दलहरुले आफ्नो चुनाव चिन्ह सहितको झण्डा फहराएका छन् । प्रतिनिधि सभा निर्वाचन आचार संहिता २०८२ का अनुसार राजनीतिक दलहरूले सार्वजनिक स्थल, शैक्षिक संस्था, मठमन्दिर, विद्युतको पोल लगायतका सार्वजनिक स्थालमा पार्टीका झण्डा तथा प्रचार सामग्री राख्ने पाइदैन ।

तर कैलालीका राजनीतिक दलहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारका लागि निर्वाचन आचारसंहिता उल्लंघनका गरिरहेका छन् । उनीहरुले एकपछि अर्को निर्वाचन आचारसंहिता उलंघनका घटनाहरु बाहिरिदै छ ।

प्रत्यक्षदर्शीका अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका झण्डा भवानी रामाविको गेटमा लगाइएको राखिएको थियो ।  स्थानीय बासिन्दाहरूले विद्यालयमा  राजनीतिक गतिविधि नगर्न आग्रह गरेका छन् । उनीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही गर्नुपर्ने माग गरेका छन् ।
रास्वपाले धनगढी उपमहानगरपालिका वडा नं. ५ को लवलीचोकदेखि वडा नं. ६ सम्मको सडकका पोलहरुमा पनि पोष्टर टाँसेको स्थानीयले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले आचारसंहिता उल्लंघनका घटनाबारे जानकारी आएमा तत्काल छानबिन गरी आवश्यक कारबाही गरिने जनाएको छ । निर्वाचन स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया