ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर नगरपालिकाले पायो कार्यबाहक मेयर, कांग्रेसका नगार्जी चयन

शनिबार ०९, फागुन २०८२ १०:३८

धनगढी । कैलालीको टीकापुर नगरपालिकाको कार्यबाहक नगर प्रमुखमा रामबहादुर नगार्जी चयन भएका छन् ।नगरपालिका मेयर उपमेयरविहीन भएपछि कार्यपालिकाको ६२औँ बैठकले जेष्ठ सदस्य नगार्जीलाई कार्यबाहक नगर प्रमुखका रूपमा चयन गरेको हो ।

कार्यपालिकाका १७ सदस्यमध्ये बहुमत अर्थात नौ जना सदस्यले जेष्ठ सदस्य नगार्जीलाई कार्यबाहक नगर प्रमुखमा चयन गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए । 
 
बैठकमा नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु दिपक निसानी, मञ्जु विश्वकर्मा, लबरी चौधरी र राजरानी चौधरी, नेपाली काँग्रेसबाट निर्वाचित दीपक चौधरी, बलिराम चौधरी, ऋषि श्रीपाइली, रामबहादुर नगार्जी तथा नेकपा एमालेबाट निर्वाचित मोहन लुहारको उपस्थिति रहेको थियो । नगार्जीले आजै पदस्थापन समेत गरेका छन् ।

टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारु नेकपाबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको थियो । उपप्रमुख रहेका खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा अनियमिततामा संलग्नताको अभियोगमा ०८० माघ २५ गतेदेखि निलम्बनमा छन् ।

प्रतिक्रिया