धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक भएको सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्काे मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार दुर्घटनामा धनगढी पमहानगरपालिका -२ सन्ताेशी टाेल बस्ने २२ वर्षीय हरिश ओली, गाैरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय याेगेन्द्र शाह र गाेदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय हरि पार्कीकाे मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर घाइते छन् । उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए ।
प्रतिक्रिया