धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनावी प्रचारका लागि भोलि धनगढी आउने भएका छन् ।
उनले सोमबार नेपालगन्ज हुँदै कैलाली पुगेर चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाका सुदूरपश्चिम प्रदेश महासचिव सत्यराज जोशीले जनाए । बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सम्बोधन गर्ने उनले बताए । रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले उम्मेदवार छन् ।
त्यसपछि बालेन धनगढी आउने र पहाडी जिल्लाहरुमा समेत चुनावी भ्रमण गर्ने कार्यक्रम रहेको जोशीले बताए ।
प्रतिक्रिया