धनगढी । दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित गर्नका लागि आज सुदूरपश्चिम प्रदेशमा मतदान हुने भएको छ ।
धनगढीस्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतदान केन्द्र बनाइएको छ । मतदानमा प्रदेशका ५१ प्रदेश सभा सदस्य र ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुने छन् ।
निर्वाचन आयोगल प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतदानका लागि छुट्टा छुट्टै मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निधारण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेश सभा सदस्य मध्ये ५१ जनाले मतदान गर्ने छन् । भने सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका १७३ जना प्रमुख उपप्रमुखले मदतान गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेपनि एक जना निलम्बनमा छन् भने एक जनाले राजीनामा दिएका छन् ।
यसैगरी, १७६ जना स्थानीय तहका प्रमुख उपप्रमुख रहेपनि केही निलम्बनमा छनु केहीले प्रतिनिधि सभाको निर्वाचन लड्न राजीनामा दिएका छन् ।
दुई जना राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा निर्वाचन भइरहेकोमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्नो उम्मेदवार तय गरी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन् । उनी पूर्व महान्यायधिबक्ता पनि हुन । नेकपा एमालेबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् ।
यसैगरी, नेकपाबाट रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । सुनार पुर्व एकीकृत समाजवादीबाट हुन् भने जैशी पुर्व माओवादीका हुन् ।
तत्कालीन नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य शारदा भट्ट र तारामान स्वारको समयाबधि सकिएपछि निर्वाचन हुन लागेको छ ।
प्रतिक्रिया