ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा ८ जनाको उम्मेदवारी दर्ता

मङ्गलबार ०६, माघ २०८२ ०५:५२

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडीमा आज भएको उम्मेदवारी दर्तामा एक स्वतन्त्रसहित ७ वटा दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  तोकिएको समयभित्र आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापाले मनोनय दर्ता गराएका छन् । 

प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दिपक कुमार डि।सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा,  नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी ९माओवादी० बाट भुपेन्द्र ल्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए । त्यस्तै उनले सम्पूर्ण उम्मेदवार तथा दलहरुलाई आगामी निर्वाचन शान्त र स्वच्छ तवरले सम्पन्न गर्नका लागि सहयोगका लागि पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया