ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ दिए उम्मेदवारी

मङ्गलबार ०६, माघ २०८२ ०४:०२

झापा । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो। यस सन्दर्भमा ओलीले आफूले निर्वाचनमा स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित प्रक्रिया चाहेको भए पनि अझै शंका व्यक्त गरे।

उनी यस क्षेत्रबाट आठौँ पटक उम्मेदवार बनेका हुन् । मनोनयन दर्तामा मेनुका काफ्ले समर्थक र रोमनाथ ओली प्रस्तावक रहेका थिए।

प्रतिक्रिया