धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभाको टिकट दिएपनि चुनाव नलड्ने मनसायमा छन् ।
पारिवारिक स्रोतका अनुसार बलायरले टिकट पाएपनि काठमाडौंमै छन् । ‘अहिलेसम्म टिकट उहाँकै नाममा छ,’ पारिवारिक स्रोतले भन्यो, ‘तर उहाँ चुनाव लड्ने मुडमा हुनुहुन्न । साँझसम्म के हुन्छ हेरौं ।’
बलायरले चुनाव नलड्ने जनाएपछि उनको विकल्पको खोजी भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । बलायर उम्मेदवार भएपछि क्षेत्र नं. ४ मा ठूलो प्रतिस्पर्धा हुने आँकलन भइरहेको बेला उनको निर्णयले कांग्रेसको चुनावमा प्रदेशभरि प्रभाव पर्ने अनुमान हुन थालेको छ ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवाले चुनावमा नजाने घोषणा गरेसंगै कांग्रेसलाई सुदूरपश्चिममा ठूलो धक्का लागेको छ ।
प्रतिक्रिया