ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कार्यकारी सम्पादक पनेरुलाई पितृ शोक

बुधबार ३०, पुष २०८२ ०८:५५

धनगढी । अग्रलेख मल्टिमिडिया प्रालि, अग्रलेख डट कमका कार्यकारी सम्पादक नवराज पनेरुलाई पितृ शोक परेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. १३ श्रीलंकास्थित आफ्नै घरमा कार्यकारी सम्पादक पनेरुका पुजनीय पिता भगिरथ पनेरुको मंगलबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय पनेरु छाति र पेटको दुःखाईका बिमारी थिए ।

परिवारजनका अनुसार स्वर्गीय पनेरुको आज गोदावरी आर्यघातमा अन्टेष्टी गरिदैछ । श्रीलंकास्थित निवासबाट गोदावरी आर्यघाटसम्म बिहान ९ बजे महाप्रस्थान यात्रा गरिदै छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै अग्रलेख मल्टिमिडियाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछ ।
 

प्रतिक्रिया