ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवाको गृहजिल्ला डडेल्धुराबाट विशेष महाधिवेशनमा सहभागी भए चटौत

आइतबार २७, पुष २०८२ ०१:१९

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट विशेष महाधिवेशनमा एकजना सहभागी भएका छन् ।

महाधिवेशन प्रतिनिध जनकराज चटौत विशेष महाधिवेशनमा सहभागी भएका हुन् । 

चटौतले पार्टीभित्र आन्तरिक रूपान्तरणको आवश्यकता तीव्र रूपमा महशुस भइरहेको भन्दै अधिवेशनमा सहभागीता जनाएको बताएका छन् ।

उनीसंगै थप एकजना पनि विशेष महाधिवेशनमा सहभागी भएको बताइएको छ । तर, उनको नाम सार्वजनिक गरिएको छैन ।
 

प्रतिक्रिया