धनगढी । सरकारले ‘निर्वाचन प्रहरी’मा भर्नाका लागि आवेदन खुला गरेसँगै इच्छुकहरूको घुइँचो लागेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा निर्वाचन प्रहरीमा आवेदन दिन आउनेको ठुलो भिड लागेको जिल्ला प्रहरी कार्यालयहरुले जनाएको छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशभर १५ हजार १८८ निर्वाचन प्रहरी भर्ना गरिँदैछ । सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम दार्चुलामा निर्वाचन प्रहरी परिचालन हुने छन् ।
कैलालीमा चार हजार ९८ तथा दार्चुलामा ९३० जना निर्वाचन प्रहरीको माग छ । यस्तै, कञ्चनपुरमा दुई हजार ३२७, अछाममा एक हजरा ६४२, बझाङमा एक हजार ५८०, बैतडीमा एक हजार ३७५, डोटीमा एक हजार १३६, बाजुरामा एक हजार ६० र डडेल्धुरामा एक हजार ४० निर्वाचन प्रहरी भर्ना गरिँदैछ ।
नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधसभातर्फ १६ क्षेत्र छन् । निर्वाचनका लागि प्रदेशभर एक हजार १७६ मतदानस्थल कायम गरिएको छ ।
प्रतिक्रिया