ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा मलामी गएका एकजनाको महाकालीमा डुबेर मृत्यु

शनिबार २६, पुष २०८२ १२:११

धनगढी । डडेल्धुरामा मलामी गएका एकजनाको महाकालीमा डुबेर मृत्यु भएको छ । परशुराम नगरपालिका– ५ परिगाँउस्थित महाकाली नदीमा सोही नगरपालिकाको ९ नम्बर वडा बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसरा मलामी गएको अवस्थामा महाकाली नदीमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले खोजलतास गर्ने क्रममा परशुराम– ६ कुडास्थित महाकाली नदी किनारमा उनको शव फेला परेको हो ।

प्रतिक्रिया