ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखराजलाई प्रश्न– कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना छ ?

आइतबार २०, पुष २०८२ ०१:१२

धनगढी । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर एकभएर जानुपर्ने बताएका छन् । उपमहासचिवमा विजयी भएपछि पहिलोपटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै गणतन्त्र पक्षधर एकभएर जानुपर्नेमा एमालेको जोड रहेको बताएका हुन् ।

‘सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड छ,’ उनले भने । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्ने सम्भावना पनि रहेको भट्टले बताए ।

कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना छ ? भन्ने पत्रकारको प्रश्नमा भट्टले भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सक्दैन । नेतृत्वको बीचमा छलफल भइरहेको छ । सम्पर्क गाढा भइरहेको छ ।’
 

प्रतिक्रिया