ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

बुधबार १६, पुष २०८२ ११:१८

कञ्चनपुर । कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।

चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको बेदकोट नगरपालिकाले जनाएको हो । 

यसैगरी, भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएकाले पुस १९ गतेसम्मविद्यालयहरूमा बिदा दिइएको जनाइएको छ ।
 

प्रतिक्रिया