काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्ससामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४३ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी रुबेन ट्रम्पलम्यानले अविजित २९, जेजे स्मिथले २३ र डार्शी शर्टले १९ रन बनाए ।
कर्णालीका लागि नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा, गुःल्शनकुमार झा, युवराज खत्री र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए ।
प्रतिक्रिया