ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल प्रिमियर लिग : चितवनको विजयी सुरुवात

मङ्गलबार ०२, मङि्सर २०८२ ०४:५७

धनगढी । रवि बोपाराको उत्कृष्ट प्रदर्शनप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकाल्यो । 

कर्णालीले प्रस्तुत गरको १ सय ६७ रनको लक्ष्य चितवनले ओभरमा १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि रविले ३६ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपक बोहोराले ४२, सैफ जैवले ३८ र कप्तान कुशल मल्लले २० रन बनाए । 

कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिशविक्रम सिंहठकुरी र युुवराज खत्रीले समान एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि प्रियान्क पान्चालले ४८ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । 

यसैगरी पवन सर्राफले अविजित २७, म्याक ओडोउडले २० र मार्क वाटले १६ रन बनाए । चितवनका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक–एक विकेट लिए । 

प्रतिक्रिया