धनगढी । कैलालीको धनगढीमा शहीद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ हुने भएको छ । स्टार सिटी युवा क्लवको आयोजनामा जेनजी आन्दोलनका शहीद गौरव जोशीको सम्झनामा फुटसल प्रतियोगिता हुने लागेको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । स्टार सिटी क्लवका अध्यक्ष नरेन्द्र शाहले मंसिर १० र ११ गते धनगढीमा फुटसल प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार पुरस्कार प्रदान गरिने शाहीले बताए ।
प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ रहेको छ भने मुख्य प्रायोजकमा निसर्ग अस्पताल प्रालि रहेको छ ।
प्रतिक्रिया