धनगढी । कैलालीको धनगढीमा हुन ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (आरपीएल) क्रिकेट प्रतियोगितामा एसपीए कलेज पनि जोडिएको छ । एसपीए कलेजले प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेको हो ।
आयोजक आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाही र एसपीएका क्याम्पस प्रमुख बुधराम चौधरीबीच प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापछि चौधरीले एसपीए कलेजले गुणस्तरिय शिक्षासंगै खेलकुदमा पनि लगानी गर्दै आएको बताए ।
१८ गतेदेखि हुने प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । प्रवन्ध निर्देशक शाहीले प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने छ ।
प्रतिक्रिया