ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपालले भारतलाई ९२ रनले हरायो

शनिबार २२, कार्तिक २०८२ १२:३५

काठमाडौं  ।  हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । हङकङमा जारी क्रिकेटमा शनिबार बिहान भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभर ४५ रनमा समेटियो । प्रीयंक पन्चल र भरत चिप्लीले समान १२ रन जोडे । बलिङमा नेपालका रसिद खानले ३, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ‌ओभरमा कुनै विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खान सर्वाधिक ५५ रन बनाएर रिटायर्ट हर्ट भए । सन्दीप जोराले ४७ र लोकेश बम ३१ बनाए ।

प्रतिक्रिया